
सर्लाही । तराईमा जाडो बढेसंगै जाडोको कपडाको बजार ह्वात्तै बढेको छ । जाडो बढ्न थालेपछि सर्लाहीका हाट बजारमा कपडाको व्यपार बढ्न थालेको हो । अहिले साप्ताहिक रुपमा लाग्ने हाट बजारमा कपडा किन मेल गर्नेको घुइँचो लाग्ने गरेको छ ।
मौसमी कपडा भएकाले व्यवसायीले धेरै महंगो र सस्तो दुबै किसमका कपडा बजारमा भित्र्याएका छन् । जाडो मैसमको सुरुवात भएसंगै यसको किन मेल गर्नेको समेत बजारमा चहल पहल बढेको छ । कोरोना पछि सेलाएको बजारमा किनमेल गर्नेको भिड बढेको हो । अघिलो वर्ष कोरानाकै कारण बजारमा किन मेलमा कमी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्