
काठमाडौं, माघ १६ । शहीद धर्मभक्तको सम्झनामा निर्माण गरिएको धर्मभक्त माथेमा पार्क बिहीबारबाट सर्वसाधारका लागि खुल्ला गरिएको छ ।
काठमाडौं महानगरपालिका वडा नं २३ ले शहीद माथेमाको पूख्र्यौली घरसंगै यङ्गाहलमा पार्क निर्माण गरेको हो । साढे नौ आनाको क्षेत्रफलमा फैलिएको पार्क परम्परात शैलीमा निर्माण गरिएको छ ।
पार्कभित्र रहेको शहीद माथेमाको पूर्ण कद शालिकको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावरण गर्नुभयो । करिब ४५ लाखको लागतमा पार्क निर्माण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्