१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिरहामा छुरा हानाहानबाट युवकको मृत्युपछि स्थानीयले गरे पूर्व-पश्चिम राजमार्ग अवरुद्ध


494
Shares

सिराहा, पुष ४ । दोषीलाई कारबाही गर्न माग गर्दै स्थानीयले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार खण्ड अवरोध गरेका छन् ।

गोलबजारमा शनिबार राति दुई समूहबीच छुरा हानाहान हुँदा २६ वर्षीय युवा रामकुमार सदाको मृत्यु भएपछि स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

गम्भीर घाइते सदालाई उपचारका लागि आरके मेडिसिटी अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएलगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । त्यस्तै झडपमा गम्भीर घाइते निकेश सदाको उपचार भइरहेको छ ।

दुई समूहबीच झडप भएको र उनीहरू अहिले फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले फरारको खोजी गरिरहेको छ ।