
बैतडी, पुष ४ । ईमेज च्यानलका बैतडी समाचारदाता विनोदसिंह बिष्ट युवा तथा खेलकुद मन्त्रालयबाट सम्मानित हुनु भएको छ ।
बिष्टलाई नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले पत्रकारिताको माध्यमबाट सुदूरपश्चिम प्रदेशबाट खेलकुद क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरेको हो ।
बिष्टलाई आइतबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग महतराजले नगद २५ हजार र प्रमाणपत्रसहित सम्मान गर्नुभएको छ ।
पुरस्कारले खेलकुदको विकास र विस्तारमा कलम चलाउन उर्जा बढेको बताउँदै सम्मानित पत्रकार विष्टले पत्रकारिता क्षेत्रमा लागिरहन प्रेरणा दिएको बताउनुभयो ।
बैतडीको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोट घर भएका विष्ट विगत १२ वर्षदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ ।
सुदूरपश्चिमबाट विष्टसंगै मन्त्रालयले विभिन्न प्रदेशका १० जनालाई सम्मान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्