
काभ्रे, पुष ४ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको राजनीति दुई ध्रुवमा विभाजित भएको बताउनु भएको छ ।
एमाले एक्लै एकातिर र अर्कोतर्फ गठबन्धनकारी शक्ति रहेको उहाँको विश्लेषण छ । अनेरास्ववियु केन्द्रिय कमिटी महिला विभागले बनेपामा गरेको नेतृत्व विकास तथा सशक्तिकरण सम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले विकास र समृद्धि मात्र नभई समाजवादको आधार निर्माण गर्ने एजेण्डालाई एमालेले प्राथमिकता दिएको बताउनुभयो ।
अरु दलका नेताहरु भने सत्ता प्राप्तिका लागि जे सुकै गर्न तयार हुने स्पष्ट भएको पोखरेलको आरोप छ । गठबन्धनकारी शक्तिहरुको धु्रवले प्रतिगमनको प्रारम्भ गरेको भन्दै उहाँले त्यसको विरुद्ध लड्नु एमालेको राष्ट्रिय कर्तव्य रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्