
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले न्युकसाल युनाइटेडलाई ४–० ले हराएको छ । न्युकासल युनाइटेडको मैदानमा भएको खेलमा म्यान सिटीलाई विजयी गराउन रुबेन डियास, हुँवा क्यान्सेलो, रियाद माहारेज र राहिम स्टर्लीङले एक एक गोल गरे ।
जितसँगै म्यान्चेस्टर सिटीले प्रिमियर लिगको अंक तालिकामा दोस्रो स्थानको लिभरपुल र तेस्रो स्थानको चेल्सीसँग अंक दुरी बढाएको छ । १८ खेलबाट म्यान सिटीको ४४ अंक छ । लिभरपुलको ४१ अंक भएको छ भने चेल्सीको ३८ अंक छ ।
गएराति भएको खेलमा लिभरपुललाई टोटनह्याम हट्सपरले २–२ गोलको बराबरीमा रोकेको छ । खेलमा टोटनह्यामका ह्यारी केन र सन ह्युङ मिनले एक एक गोल गरेभने लिभरपुलका डिएगो योटा र एण्डी रोबर्टसनले दुई गोल फर्काए ।
गएराति भएको अर्को खेलमा चेल्सीले वुल्भरह्याम्पटन वान्डरर्ससँग गोलरहित बराबरी खेलेको छ । एभर्टन र लेष्टर सिटीबिचको खेल भने कोभिडको कारण रद्द गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्