१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मतगणना जारी : ९ खुल्ला महिलातर्फ केन्द्रीय सदस्यको गणना केही बेरपछि सुरु हुँदै


351
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरर्गत खुला महिलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ । आइतबार खुला केन्द्रीय सदस्यको मतगणना सकिएपछि खुला महिलातर्फको मतगणना सुरू गरिएको थियो ।

कांग्रेस निर्वाचन समितिकाअनुसार आइतबार बेलुकी चार सय मत गनिएको थियो । बाँकी मतगणना आज बिहान ९ बजेदेखि फेरि अघि बढाइने निर्वाचन समितिले जनाएको छ ।

९ सिटका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा छन् ।