९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


सिन्धुलीमा जिप दुर्घटना, एकजनाको मृत्यु


0
Shares

सिन्धुली, माघ १७ । सिन्धुलीको बीपी राजमार्गअन्तर्गत सिन्धुलीमाडी–खुर्कोट सडकखण्डको खनियाखर्कमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको कन्चनपुर नगरपालिकाका सह लेखापाल सुरेन्द्र नारायण चौधरी छन् ।

सोलाभन्ज्याङ र खनियाखर्क बीचको जंगलमा स १ च १००९ नं को स्कारपिओ जिप दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य एक जना घाइते भएका छन् ।

जिप सडकबाट करिव सय मिटर तल सकेको प्रहरीले जनाएको छ । जिपमा दुई जना सवार थिए ।