२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


पनामा पेपर्स प्रकरणमा नायिका ऐश्वर्या राय प्रशासनसमक्ष हाजिर


845
Shares

एजेन्सी । अभिनेत्री ऐश्वर्या राय बच्चन विदेशमा सम्पत्ति राखेको आरोप लागेपछि भारतीय प्रवर्तन निर्देशनालय (ईडी) को कार्यालयमा उपस्थित भएकी छिन् ।

ऐश्वर्या दिल्ली स्थित प्रवर्तन निर्देशनालयको कार्यलयमा उपस्थित भएकी हुन् । सो कार्यलयले सोधपुछको लागी उनलाई बोलाएको हो । भारतको आर्थिक मामलाका सम्बन्धमा जोडिएका घटनाबारे प्रवर्तन निर्देशनालयले हेर्ने गर्छ । यस अघि पनि उनलाई निर्देशनालयले दुई पटक सोधपुछका लागि बोलाउँदा केही समय त्यसलाई स्थगित गर्न आग्रह गरेकी थिइन् । यसैगरी निर्देशनालयले उनका पति अभिषेक बच्चनलाई पनि सोधपुछका लागि बोलाएको थियो । दुबैलाई पनामा पेपर्स लिग प्रकरणमा विदेशमा सम्मपत्ति राखेको र कर छली गरेको आरोप छ ।

पनामा पेपर लिक प्रकरणमा एक कम्पनि –मोसाक फोन्सेकाको कानुनि कागजात चोरी भएको थियो । त्यो पानामा पेपर्स नामक जर्मन अखबारले २०१६ अप्रील ३ मा प्रकाशित गरेको थियो । जसमा स्वीस बैंकमामार्फत विदेशमा सम्पत्ति राख्नेमा भारत सहित दुई सय देशका राजनीतिज्ञ , ब्यापारी र सेलिब्रेटीको नाम समावेस थियो ।