
स्याङ्जा । जिल्लाको भिरकोट नगरपालिकाबाट भरुवा बन्दुक र १४ केजी गाँजासहित एक पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्ने पुरुष भिरकोट नगरपालिका–७ खिलुङ बस्ने ४५ वर्षीय डुल बहादुर रोका रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीको अनुसार रोकालाई सोमबार दिउँसो ३ बजे भिरकोट नगरपालिका–७ खिलुङकबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका रोकाको साथबाट प्रहरीले १४ केजी सुकेको अवैध गाँजा, एक नाले भरुवा बन्दुक १ थान, सोही भरुवा बन्दुकमा प्रयोग हुने फलामको वेरिङ १० थान, सिसाको छर्रा १७ थान, बारुद ३ ग्राम केप ३ थान बरामद गरेको अधिकारीले बताउनुभयो ।
रोकालाई लागुऔषधसम्बन्धी र हातहतियार सम्बन्धी कसुर मुद्दा दर्ता गरी सोमबार जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइएको छ ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्