१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बुर्तिबाङमा बसले किच्दा युवक गम्भीर घाइते


351
Shares

बागलुङ । बुर्तिबाङमा बसले किच्दा एक युवक गम्भीर घाइते भएका छन् ।

रुकुमको रुकुमकोटदेखि बुर्तिबाङ हुँदै काठमाडौं जाँदै गरेको ना ५ ख २३९३ नम्बरको बसले किच्दा बडिगाड गाउँपालिका–४ का ३१ वर्षीय बलबहादुर काउचा गम्भीर घाइते भएका हुन् ।

काउचाको घुँडा र हातमा गम्भीर चोट लागेको छ ।

उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजनक घनश्याम शर्माले जानकारी दिनुभयो ।

बुर्तिबाङको देवचोकदेखि बडिगाडस्थित घर जाने क्रममा बस चढ्न लागेका काउचा बसबाट खसेपछि पछाडिको पांग्राले किचेको प्रत्यक्षदर्शीले बताए ।

बसका चालकलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिएको छ ।