
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेशको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल विजयी हुनु भएको छ ।
सोमबार साँझ भएको निर्वाचनमा अर्का प्रत्यासी काभ्रेपलाञ्चोकका दिनानाथ गौतमलाई ७६ मतान्तरले पराजित गर्दै पौडेल अध्यक्षमा विजयी हुनु भएको हो । पौडेलले १६२ मत पाउनु भयो भने गौतमले ८६ मत मात्रै पाउनु भयो ।
यस्तै, तीन जना उपाध्यक्षमा रुपा महर्जन, प्रेमबहादुर पुलामी र रामप्रसाद ढुंगाना विजयी हुनु भएको छ भने सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ (छिन्ताङ) निर्वाचित हुनु भएको छ । तीन जना सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ तथा कोषाध्यक्षमा संगीता भट्टराई निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षसहित पदाधिकारीमा सहमति हुन नसकेपछि सोमबार राति मतदान भएको थियो ।
कसले कति मत पाए ?

प्रतिक्रिया दिनुहोस्