
काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोलामा ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ८ सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भएको छ ।
तेजावी सुन प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले घटेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्