
फाइल तस्बिर
काठमाडौं, पुष ६ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्याय सेवा आयोगको बैठक बोलाउनुभएको छ ।
आयोगका प्रवक्ता मानबहादुर कार्कीका अनुसार बुधबारका लागि प्रधानन्यायाधीशले बैठक बोलाउनुभएको हो ।
गत असोजमा भएको जिल्ला न्यायाधीशहरुको रिजल्ट प्रकाशित गर्नेबारे छलफल गर्न बैठक बोलाइएको हो ।
जिल्ला न्यायाधीशको १८ पदका लागि असोज १२ देखि १७ गतेसम्म आयोगले परीक्षा लिएको थियो । परीक्षाको रिजल्ट निकाल्नुपर्ने दबाबमा आयोग छ ।
प्रधानन्यायाधीश अध्यक्ष हुने न्याय सेवा आयोगमा कानून मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, महान्यायाधीवक्ता, लोकसेवा आयोगका अध्यक्ष सदस्य रहने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्