१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


२९० कोरोना संक्रमित थपिँदा ३ जनाको मृत्यु


91
Shares

काठमाडौं, पुष ६ । देशभर पछिल्लो २४ घण्टामा २९० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ८९ जनाको कोरोना परीक्षण गर्दा २९० जना संक्रमित थपिएका हुन् ।

१२ हजार ४७३ जनाको पिसिआर परीक्षण र ४६१६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

त्यस्तै, गत २४ घण्टामा २३२ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ को मृत्यु भएको छ ।

हाल ५ हजार २४२ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, २४ घण्टामा काठमाडौं उपत्यकामा १४६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९०, ललितपुरमा ३८ र भक्तपुरमा १८ संक्रमित थपिएका हुन् ।