२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अदालतमा विचाराधिन मुद्दाको न्याय निरुपणमा असर हुनेगरी संसद बैठक अवरोध नगर्न सभामुखको आग्रह


156
Shares

काठमाडौं, पुष ६ । सभामुख अग्निप्रसाद सापकोटाले अदालतमा विचाराधिन मुद्दाको न्याय निरुपणमा प्रतिकूल असर पर्ने गरी संसद अवरुद्ध नगर्न नेकपा एमालेलाई आग्रह गर्नुभएको छ ।

सभामुख सापकोटाले अदालतमा विचाराधिन मुद्दाका विषयमा संसदमा छलफल गर्न नपाउने संवैधानिक प्रबन्ध रहेको उल्लेख गर्दै एमालेको ध्यानाकर्षण गराउनुभएको हो ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि एमाले सांसदहरुले नाराबाजीसहित अवरोध गरेपछि उहाँले आफ्ना असहमतिका विषय संसदमै राखेर अघि बढ्न पटकपटक आग्रह गर्नुभयो । उहाँले राष्ट्रहितको कैयन विषयमा आवश्यक निर्णय गरेर अघि बढाउनुपर्ने संसद अवरुद्ध पारेर एमालेले संसदीय विधि र प्रक्रिया विपरित काम गरिरहेको बताउनुभयो ।

सभामुख सापकोटाले नागरिकता, संघीय निजामती कर्मचारी ऐनलगायतका महत्वपूर्ण विधेयकहरु अघि बढाउन पनि संसदलाई सूचारु गरेर अघि बढनुको विकल्प नरहेको बताउनुभयो ।