१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कुकुरसँग ठोक्किँएर मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


962
Shares

काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको पाल्हिनन्दन गाँउपालिका–३ बेलासपुरमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

हिजो बेलुकी पौने ९ बजे सडकमा रहेको कुकुरसँग ठोक्किँएर भारतीय नम्बरको मोटरसाइकल पल्टिँदा पाल्हिनन्दन गाँउपालिका-५ गेर्माका ३५ वर्षीय रमेशमणी तिवारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमानिगञ्जले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका तिवारीको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।