२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


सिंगो गाउँमा खानेपानीको हाहाकार


117
Shares

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–२ अर्नाकोट देउरालीमा खानेपानीको हाहाकार भएको छ । गाउँका करिब दुई सय पचास घरधुरी वर्षौंदेखि सहज खानेपानीको पहुँचभन्दा टाढा छन् । गाउँनजिक भएको एउटा मात्र सानो मुहानबाट स्थानीयले घण्टौँ लगाएर पानी भर्नु पर्ने अवस्था छ ।

वर्षामा संकलन गरिएको पानी वर्षभरी नपुग्ने हुँदा घण्टौँ लगाएर टाढा पानी बोक्न जानु पर्ने बाध्यता रहेको स्थानीय बेग बहादुर कुवँर बताउँछन् ।

गत वर्ष लिफ्टिङ प्रणालीमार्फत गाउँदेखि करिब ७ किलोमिटर तल हाँडीचौर मुहानबाट गाउँमा खानेपानी पुगेपनि मेशिन बिग्रिरहने र कर्मचारीको अभाव हुने हुँदा गाउँमा पानीको समस्या हल हुन सकेको छैन ।