१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


प्रधानन्यायाधीश राणाले बोलाए न्याय सेवा आयोगको बैठक, न्यायाधीश कार्की नजाने


182
Shares

काठमाडौं, पुष ७ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्याय सेवा आयोगको बैठक बोलाउनुभएको छ ।

आयोगका प्रवक्ता मानबहादुर कार्कीका अनुसार प्रधानन्यायाधीशले बुधबार बैठक बोलाउनुभएको हो ।

गत असोजमा भएको जिल्ला न्यायाधीशहरुको रिजल्ट प्रकाशित गर्नेबारे छलफल गर्न बैठक बोलाइएको हो । जिल्ला न्यायाधीशको १८ पदका लागि असोज १२ देखि १७ गतेसम्म आयोगले परीक्षा लिएको थियो ।

परीक्षाको रिजल्ट निकाल्नुपर्ने दबाबमा आयोग छ । प्रधानन्यायाधीश अध्यक्ष हुने न्याय सेवा आयोगमा कानुन मन्त्री, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश, महान्यायाधीवक्ता, लोक सेवा आयोगका अध्यक्ष सदस्य रहने बताइएको छ ।

यसैबीच आयोगका सदस्य रहेका वरिष्ठतम न्यायाधीश दिपक कार्कीले भने सो बैठकमा सहभागी नहुने बताउनुभएको छ । उहाँले प्रधानन्यायाधीश राणाविरुद्ध लामो समयदेखि आन्दोलन गरिरहेकाले उहाँले बोलाएको बैठकमा सहभागी हुन नसक्ने बताउनुभएको हो ।