
काठमाडौं, पुष ७ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहायता परियोजना एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको टिप्पणी गर्नु भएको छ ।
एमाले अवरोधकाबीच बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको बताउनु भएको हो । उहाँले नेपाल र अमेरिकाबीचको एमसीसी सम्झौंतामा भारतको गोरखपुरसम्म विद्युत प्रशारण लाईन तान्ने कुरा कहाँबाट आयो ? भन्दै सरकारसँग प्रश्न समेत गर्नुभयो । उहाँले नेपालको विद्युत नेपाललाई आवश्यक रहेको र त्यसले नेपालमा विद्युतबाट चल्ने रेल र विद्युतीय सवारी साधन संचालन गर्न सरकारसँग माग पनि गर्नुभयो ।
सांसद सुवालले एमसीसीको विषयमा सरकार र सदनले विशेष ध्यान दिनुपर्ने आवश्यक्ता समेत औंल्याउनुभयो । उहाँले एमालेले अवरोध गरिरहेका बेला संसद बैठक सूचारु गराउन नहुने अडान पनि दोहो¥याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्