७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुने


91
Shares

काठमाडौं, पुष ७ । माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुने भएका छन् ।

माओवादी प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार ११ पुसमा सुरु हुने राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनमा आयोजकबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ट कम्युनिष्ट सदस्यबाट १२५, पार्टीको आयोगबाट ७५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधि ९०८ र पाँच प्रतिशत मनोनीतबाट ७३ जना गरी एक हजार ५३३ जना सहभागी हुने प्रवक्ता महराले जानकारी दिनुभयो ।

राष्ट्रिय सम्मेलनबाट ११–१३ पुससम्मका लागि तोकिए पनि एक दुई दिन लम्बिन सक्ने जानकारी दिँदै उहाँले सम्मेलनको तयारी भइसकेको बताउनुभयो ।

यस्तै, नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा पाहुना नबोलाउने भएको छ । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा हुने लागेको सम्मेलमा अन्य दलहरुलाई नबोलाउने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

फरक प्रसंगमा एमसीसीको बारेमा पार्टीको स्पष्ट धारणा रहेको पनि उनले बताए । माओवादीले एमसीसी यथास्थितीमा पारित गर्ने पक्षमा नरहेको पनि उहाँले बताउनुभयो ।