१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेसको प्रदेश-२ समितिमा पाँच सदस्य निर्विरोध निर्वाचित


312
Shares

काठमाडौं, पुष ७ । नेपाली कांग्रेस प्रदेश-२ समितिको जारी अधिवेशनमा पाँच जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

खुल्लातर्फ सप्तरीका आशाराम चौधरी, महिलातर्फ सप्तरीकै विमला देवी साह र महोत्तरीकी उषा देवकोटा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, मधेसी महिलातर्फ पर्साकी किरण कुमारी र आदिवासी जनजातिमा मनमया तमाङनी निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेशको नयाँ नेतृत्वका लागि हालसम्म निर्वाचन सुरु हुन सकेको छैन । पार्टी सभापति शेरबहादुर देउवा निकट कृष्ण यादव र विमलेन्द्र निधि तथा शेखर कोइरालाको समर्थनमा रामसरोज यादवले सभापतिमा उम्मेदवारी दिनुभएको छ ।