२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कर्णालीमा हरेक वर्ष खाद्यान्नको अभाव, कालिकोटलाई मात्रै १८ हजार मेट्रिकटन खाद्यान्न अपुग


130
Shares

काठमाडौं, पुष ७ । आधुनिक खेती प्रणालीबारे प्रचारको अभाव र कार्यान्वयनको कठिनाई हुँदा कर्णाली प्रदेशका ६ जिल्लामा हरेक वर्ष खाद्यान्नको अभाव हुने गरेको छ ।

कालिकोटलाई वार्षिक १७ हजार ९ सय ६४ मेट्रिकटन खाद्यान्न अपुग हुने गरेको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।

कालिकोटमा ११ हजार सातसय ७५ मेट्रिकटन मात्रै खाद्यान्न उत्पादन हुने गरेको छ । हुम्लामा वार्षिक १० हजार ८ सय ५७ मेट्रिकटन खाद्यान्न आवश्यक पर्ने भएपनि दुई हजार पाँचसय ८४ मेट्रिक टन मात्र खाद्यान्न उत्पादन हने गरेको पाइएको हो ।

हुम्लाले हरेक वर्ष आठहजार दुई सय ७३ मेट्रिकटन खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ । वार्षिक ११ हजार ७ सय १० मेट्रिकटन खाद्यान्न आवश्यक हुने मुगमा ६ हजार २ सय ६६ मेट्रिकटन मात्रै उत्पादन हुन्छ ।

वार्षिक २२ हजार ६ सय ६८ मेट्रिकटन खाद्यान्न आवश्यक पर्ने जुम्लामा पनि १५ हजार ६ सय ३८ मेट्रिक टन मात्र उत्पादन हुन्छ । जाजरकोटमा वार्षिक २ हजार ३ सय ९७ र डोल्पामा २ हजार ४ सय ८६ मेट्रिकटन खाद्यान्न अपुग हुन्छ ।

माग अनुसार खाद्यान्न उत्पादन नभएपछि कर्णालीका ६ जिल्लामा सधै खाद्यान्न अभाव हुँदै आएको छ ।