१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


२३६ संक्रमित थपिए


65
Shares

काठमाडौं, पुष ७ । पछिल्लो २४ घण्टामा २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा २१७ जना र ४ हजार ४३ जनाको एन्टीजेन परीक्षण गर्दा १९ जना गरी २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

बुधबार २७२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५७९ पुगेको छ ।