१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सनराइज बैंकले सुरु गर्‍यो सहकारीका ग्राहकले पनि डेविट कार्डमार्फत भुक्तानीको व्यवस्था


52
Shares

काठमाडौं, पुष ७ । सनराइज बैंकले सहकारीका ग्राहकहरुले पनि भिसा डेविट कार्डमार्फत भुक्तानी पाउने व्यवस्था गरेको छ ।

बुधबार बैंकले काठमाडौंमा एक कार्यक्रम गरेर सहकारीका ग्राहकहरुले पनि भिसा डेविट कार्ड मार्फत भुक्तानी पाउने व्यवस्था सुरु गरेको हो ।

उक्त सेवा विस्तारको लागि बैंकले पायोनियर एसोसिएट्स (कोसिस सहकारी सफ्टवेयर), आइमार्क तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमसँग सम्झौता समेत गरेको छ । कार्यक्रममा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्माले ४ वर्षको प्रयासपछि सहकारीमा भिसा डेविड कार्ड प्रयोगमा ल्याउन सफल भएको बताउनुभयो ।

सिइओ शर्माले सरकार तथा केन्द्रिय बैंकले मौद्रिक नीतिमा नै सहकारीलाई पनि डिजिटल बैंकिङ कारोबारका ल्याउन योजना अनुसार यो कार्यक्रम सनराइज बैंकले सुरु गरेको बताउनुभयो । उहाँले सहकारी र बैंक बीचमा भिसा तथा डेविट कार्ड मार्फत भुक्तानी गर्ने सक्ने व्यवस्था दक्षिण एसियामा नै पहिलो भएको बताउनुभयो ।

बैंकले पहिलो चरणमा चार वटा सहकारी संस्थासँग भिसा डेविट कार्डमार्फत भुक्तानी पाउने व्यवस्थामा सम्झौता गरिसकेको छ । भिसा ब्राण्ड अन्तर्गत सहकारी संस्थाको ग्राहकको लागि भिसा डेबिट कार्ड जारी गर्ने यो योजना दक्षिण एसियामा पहिलो भएको छ । सनराइज बैंकले यो परियोजना अन्तर्गत जारी हुने कार्ड मार्फत हुने कारोबारको लागि सेटलमेन्ट बैंकको भूमिका निर्वाह गर्ने बताएको छ ।