१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ढोरपाटनमा ‘स्की’ खेलको संभावना


169
Shares

बागलुङ । पर्यटकीय गन्तव्य ढोरपाटन क्षेत्रमा हिउँमा खेलिने साहसिक खेल ‘स्की’ को संभावना देखिएको छ । भौगोलिक दृष्टिले युरोप तथा अमेरिकामा खेलिने ‘स्की’ भन्दा नेपालमा कैयौँ गुणा रोमाञ्चकारी तथा साहसिक हुने भएकाले अहिले नेपालका हिमाली तथा उच्च पहाडी क्षेत्रमा ‘स्की’ खेलको विस्तार भइरहेको छ ।

हिउँमा चिप्लिएर खेल्ने खेलको ढोरपाटनमा निकै संभावना रहेको विज्ञहरुको एक सर्वेक्षणले देखाएको छ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल राष्ट्रिय पर्वतारोहण पथ पदर्शक संघले संयुक्त रुपमा गरेको एक अध्ययनमा ढोरपाटन उपत्यकानजिकै स्की खेलको संभावना रहेको जनाएको हो ।

ढोरपाटनमा हिउँदका साथै वर्षाको समयमा समेत ‘स्की’ खेल सञ्चालन गर्न सकिने संभावना देखिएको अन्तराष्ट्रिय माउटेण्ड गाईड तथा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका बोर्ड सदस्य छिरिङ जाङ्बु शेर्पाले बताउनुभयो ।

सन् २०१५ देखि नेपाल पर्बतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघले संयुक्त आयोजनामा नेपालको हिमाली तथा उच्च पहाडी क्षेत्रमा ‘स्की’ खेलको संभावनाको अध्ययन, ‘स्की’ खेलको प्रशिक्षण, खेलाडी उत्पादन तथा ‘स्की’ खेल पर्यटनको विकास गर्दै आएको छ ।

ढोरपाटनमा ‘स्की’ खेलको संभावना सहित स्याउ खेती समेत सम्भावना देखिएको अध्ययनमा सहभागी विज्ञहरुको समूहले जनाएको छ । विद्युतको समय पहुँच पुगेको र अत्यन्तै चिसो भएको स्थानमा कृत्रिम आइस निर्माण गर्न समेत अत्यन्तै सहज हुने भएकाले अन्य समयमा समेत ‘स्की’ खेल्न सकिने विज्ञहरुको भनाई छ ।