८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


रसुवाको टिमुरेमा निमार्णधिन सुख्खा बन्दरगाह निर्माण कार्य तीव्र


143
Shares

रसुवा । कोरोना भाइरसको संक्रमणमा कमी आएसंगै रसुवाको टिमुरेमा निमार्णधिन सुख्खा बन्दरगाह निर्माणको काम तीव्र रुपमा भइरहेको छ । बन्दरगाह निमार्णको काम चीनको तिब्बतस्थित तिबेत फूली कन्सट्रक्शन गु्रप लिमिटेडले गरेको हो ।

३० महिनामा निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको आयोजनाको हालसम्म करिब २० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

चिनियाँ कामदार १५ जना र नेपाली कामदार ३५ जनाले काम गरि रहेको तिबेत फूली कन्सट्रक्शनले जनाएको छ । दश जना चिनियाँ कामदार अझै नेपाल आउन नसक्दा कामले थप गति लिन नसकेको हो । वर्षामा काम गर्न असहज हुने स्थानमा अहिले काम गरि रहेको कन्सट्रक्शनले जनाएको छ ।

सन् २०१९ को नोभेम्बरबाट सुरु भएको काम कोरोना महामारीले गर्दा समयमै सम्पन्न गर्न नसकिने निर्माण कम्पनीको भनाइ छ ।

चीन सरकारको सम्पूर्ण सहयोगमा निर्माण हुने बन्दरगाहकोे लागत एक करोड ७७ लाख १४ हजार अमेरीकी डलर रहेको निर्माण कम्पनीले जनाएको छ ।