२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


स्थानीय तहले क्षतिको तथ्यांक संकलन नगर्दा पीडित किसानले राहत पाएनन्


65
Shares

कञ्चनपुर । बेमौसमी वर्षाका कारण कृषिबालीमा क्षति भएको दुई महिना बितिसक्दा पनि स्थानीय तहले क्षतिको तथ्यांक संकलन नगर्दा पीडित किसानले राहत पाउन सकेका छैनन् । स्थानीय तहहरुले क्षतिको विवरण उपलब्ध नगराउँदा राहत वितरण प्रक्रियामा ढिलाइ भएको हो ।

कृषि ज्ञान केन्द्र महेन्द्रनगरका अनुसार हालसम्म कञ्चनपुरका दोधारा चाँदनी, कृष्णपुर र बेलौरी नगरपालिकाले मात्रै कृषिबालीमा भएको क्षतिको विवरण उपलब्ध गराएका छन् । अन्य ६ वटा स्थानीय तहहरुले हालसम्म कृषिबालीको क्षतिको विवरण नपठाएको कृषि ज्ञान केन्द्रका प्रमुख डा. दिल बहादुर विष्टले बताउनुभयो ।

उहाँका अनुसार स्थानीय तहहरुले विवरण पठाएपछि त्यसलाई जिल्ला विपद् व्यवस्थापन समितिले केन्द्रमा सिफारिस गर्ने र सोहिआधारमा केन्द्रबाट राहत रकम उपलब्ध हुने व्यवस्था छ । पालिकाहरुलाई क्षतिको विवरण पठाउन ताकेता गरिरहेको बताउँदै एक साताभित्र तथ्यांक नआए प्राप्त भएकै तथ्यांकलाई सिफारिस गरिने विष्टले बताउनुभयो ।