१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


156
Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२१ सुर्यनगर सोल्टी चोकमा आज बिहानै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

चनौलीबाट गीतानगरतर्फ जाँदै गरेको ना ३० प ९२ ९९ नम्बरको मोटरसाइकल आज बिहान सवा ३ बजे दुर्घटना हुँदा भरतपुर महानगरपालिका–१९ शारदानगरका ३२ वर्षीय जितेन्द्र रसाईलीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान साढे ४ बजे मृत्यु भएको प्रहरी चौकी पार्वतीपुरले जनाएको छ ।