२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अरुको जुठो खाने गरेको छैन : पल शाह

'खानाको मामलामा एकदमै सन्तोकी छु'

143
Shares

काठमाडौं । चर्चित एवं लोकप्रिय नायक पल शाहले आफूले सामान्यतयाः अरुको जुठो खाने नगरेको बताए ।

राजधानीको एक रेस्टुरेन्टको उद्घाटनमा पुगेका शाहले आफूले कसैको पनि जुठो खाने नगरेको बताए ।

‘मैले कसैको पनि जुठो खाएको छैन,’ उनले भने, ‘घरमा पनि खासै जुठो नखान भनिरहेको हुन्छु, विशेषगरी गुलियो कुरा त झन् जुठो खाँदै नखानुस् भन्छु म ।’

नायक शाहले आफूलाई असाध्यै मनपर्ने साथीको भने जुठो खाएको उनको भनाइ छ ।

सञ्चारकर्मीको प्रश्नमा नायक शाहले आफूलाई सुटिङको क्रममा धेरैपटक भोक लागेर आँशु आएको छ ।

‘कतिपय स्थानमा सुटिङको क्रममा भोक लागेर आँशुसमेत आएको छ,’ उनले भने, ‘म्युजिक भिडियो वा अन्य केही सुटिङको क्रममा असाध्यै भोक लागेको हुन्छ, त्यस्तो बेलामा एक–दुईपटक रोएको छु ।’

नायक शाहले आफूले सुटिङमा सबैलाई पाक्ने खाना खाने गरेको गुनासो नगर्ने भएकाले सन्तोकी नायकको रुपमा चिनाए ।

‘सुटिङको क्रममा २४ घण्टामा एक पटक मात्र खानुपर्ने अवस्था पनि आइपर्न सक्छ,’ उनले भने, ‘त्यस्तो अस्वस्थामा आफूले कसैप्रति गुनासो गर्दिन, खानाको मामलामा एकदमै सन्तोकी छु’

फरक प्रसङ्गमा नायक शाहले कलाकार र पत्रकारबीच एक हदसम्मको सीमा रहनुपर्ने धारणा राखेका छन् ।

आफू अनुकुलका पत्रकारहरुलाई मात्र पत्रकार सम्मेलनमा बोलाउने गरेको अरोप लाग्दै आएका उनले आफूलले कुनै पत्रकारलाई पनि पकेटमा राखेर नहिँडेको र केही पत्रकारसँग भने आफ्नो निकट सम्बन्ध रहेको स्पष्ट पारे ।