
काठमाडौं, पुष ८ । साताको अन्तिम दिन पनि शेयर बजार दोहोरो अंकले सुधारिएर थामियो ।
निरन्तर जसो ओरालो लाग्दै आएको बजार मंगलबार र बुधबार दुई दिन उच्च अंकले बढेकोमा बिहीबार वृद्धिदर भने केही सिथिल रह्यो ।
तीब्र उतार चढावबीच नेप्से १२ अंकले सकारात्मक रहेर २५ सय २० कायम भएर थामियो । कारोबार पनि साढें ४ अर्ब रह्यो । यस दिन वित्त, जलविद्युत र विकास बैंक समूह दोहोरो अंकले घटेबाहेक अरु समूह उकालो लागे ।
निर्जीबन बीमा समूह सबैभन्दा उच्च झण्डै ४ सय अंक बराबरले उकालो लाग्यो । जीवन बीमा समूह पनि २ सय अंकले उक्लियो । उत्पादनमूलक, लघुवित्त, अन्य र होटल तथा पर्यटन समूह पनि दोहोरो अंंकले सुधारिंदा बाँकी समूह भने सामान्य अंकले हरियो रहे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २९ कम्पनीको ८३ लाख २३ हजार कित्ता शेयर ४ अर्ब ४९ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन ९९ कम्पनीको मूल्य बढ्दा ८७ को घट्यो भने ३ को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्