३ चैत्र २०८१, आइतबार | Mon Mar 17 2025


विधिको शासन कायम गर्न कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ : प्रधानमन्त्री देउवा


65
Shares

काठमाडौं, पुष ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले विधिको शासन कायम गर्न विद्यमान कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

बिहीबार महान्यायाधिवक्ताको कार्यालयको ७१ औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकमा विधिको शासन कायम गर्नका लागि विद्यमान कानूनहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको हो ।

उहाँले विधिको शासन र कानूनी राज्य लोकतन्त्रको आधारशिला भएको उल्लेख गर्नुभयो । मुलुकको शासन प्रभावकारी र पूर्वाग्रहरहित ढंगले चलाउनु राज्यको महत्वपूर्ण जिम्मेवारी भएको उहाँले बताउनुभयो ।

महान्यायाधिवक्ताको कार्यालयले स्थापना कालदेखि नै विधिको शासन प्रवद्र्धन गर्ने काममा भुमिका खेलिरहेको उहाँको भनाई छ । उहाँले कानूनको प्रभावकारी कार्यान्वयन र मानव अधिकारको संरक्षणमा महान्यायाधिवक्ताको कार्यालय र सरकारी वकिलहरुको भुमिकाको प्रशंसा समेत गर्नुभयो ।