
काठमाडौं, पुष ८ । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले अब मण्डले प्रवृत्ती भएका विद्यार्थी संगठन र नेता हुँ भन्ने संगठनहरुलाई आम विद्यार्थीले बहिस्कार गर्ने बताउनुभएको छ ।
अनेरास्ववियू केन्द्रीय कमिटीले बिहीबार थापाथली क्याम्पसमा आयोजना गरेको कार्यक्रममा पराजुलीले अब मण्डले प्रवृत्ती भएका विद्यार्थी संगठन हुँ र नेता हुँ भन्ने संगठनहरुलाई आम विद्यार्थीले बहिस्कार गर्ने बताउनुभएको हो ।
त्यस्तै, अध्यक्ष पराजुलीले हामीप्रति विद्यार्थीको आकर्षण बढेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले निकट अनेरास्ववियुका सचिवालय सदस्य आर्जन वाग्लेसहित विभिन्न विद्यार्थीहरु अनेरास्ववियूमा प्रवेश गरेको अनेरास्ववियूका उपमहासचिव अशोक थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्