१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकारलाई सर्वोच्चको प्रश्न– ‘चार्ल्स शोभराजलाई किन थुनामुक्त गर्नु नपर्ने ?’


3.042k
Shares

काठमाडौं । सर्वोच्च अदालतले बन्दी जीवन बिताइरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई थुनामुक्त गर्नु नपर्नाको कारण सरकारसँग माग गरेको छ ।

शोभराजको बन्दी प्रत्यक्षीकरण मुद्दामा बिहीबार सुनुवाई गर्दै न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले सरकारसँग जवाफ माग गरेको हो ।

थुनामुक्त गर्नु नपर्ने कुनै कारण भए महान्यायाधिवक्ताको कार्यालय मार्फत् तीन दिनभित्र जवाफ पेस गर्न पनि अदालतले सरकारलाई आदेश दिएको छ ।

अदालतले तोकेको सजाय आफूले भोगिसकेको भन्दै शोभराजले थुनामुक्त हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा पुस ७ गते बन्दी प्रत्यक्षीकरणको रिट दायर दिएका थिए ।