
जनकपुर, पुष ८ । प्रदेश २ को नामाकरणका लागि प्रदेशसभामा पाँच वटा प्रस्ताव पेश भएका छन् ।
बिहीबार बसेको प्रदेशसभा बैठकमा ‘मधेश प्रदेश’, ‘जानकी प्रदेश’, ‘मध्यमधेश प्रदेश’ र ‘मिथिला भोजपुरा’ लगायतका पाँच वटा नामको प्रस्ताव पेश भएको हो ।
मधेश प्रदेश प्रस्ताव सत्तारुढ दल जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रबाट पेश गरिएको हो भने लोकतान्त्रिक समाजवादी पार्टीले सो प्रस्तावमा समर्थन गरेको छ ।
त्यस्तै अर्काे सत्तारुढ दल नेकपा एकिकृत समाजवादी पार्टीको तर्फबाट प्रदेशको नाम जानकी प्रदेश प्रस्ताव गरिएको छ । कांग्रेसले मिथिला भोजपुरा नामको प्रस्ताव पेस गरेको छ भने कांग्रेसकै प्रदेशसभा सदस्यले मध्य मधेश प्रदेश प्रस्ताव पेश गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्