
भैरहवा । प्रहरीको संघीय इकाइ कार्यालय, भैरहवामा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) सुशीलकुमार यादवको झुण्डिएको अवस्थामा शव भेटिएको खबरपछि कार्यालय प्रवेशमा राेक लगाइएकाे छ ।
यादवको मृत्युको खबर सार्वजनिक भएसँगै त्यसक्षेत्रको सुरक्षा व्यवस्था कडा बनाउँदै कार्यालय प्रवेशमा रोक लगाइएको हो ।
अन्य दिन सामान्य सोधपुछपछि भित्र जान दिने गरेकोमा घटना सार्वजनिक भएसँगै मुख्य द्वार बन्द गरिएको छ । कार्यालय अगाडि अहिले सर्वसाधारण र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति छ ।
शुक्रबार विहान यादव आफ्नै क्वाटरमा झुण्डिएको अवस्थामा भेटिनुभएको थियो । झुण्डिएको अवस्थामा यादव भेटिएपछि कार्यालयमाथि प्रश्न उठेको छ ।
यादव झुण्डिएको सूचना पाउनेवित्तिकै जिल्ला प्रहरी कार्यालय रुपदेहीको प्रहरी नायब उपरीक्षकको प्रहरी टोली त्यसतर्फ गएर अनुसन्धान सुरु गरेको छ ।
यादवको मृत्युको कारणबारे अनुसन्धानपछि थाहा हुने लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्