
काठमाडौं, पुष ९ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताउनु भएको छ ।
वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको उहाँको भनाई छ ।
बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नु पर्ने हो त्यो गतिमा बढ्न नसकेको उहाँले बताउनुभयो ।
दुई वर्ष कोरोना महामारीको कारण काम नहुने तर अन्य खर्च हुने तर, खर्च भए अनुसार त्यसबाट उत्पादन गर्न नसक्दा निर्माण व्यवसायीले चरम आर्थिक अभाव झेलिरहेको उहाको भनाई छ ।
सरकारले निर्माण व्यवसायीको मागलाई सम्बोधन गरे मात्रै बजारमा तरलता सहज हुने धारणा राख्नुभयो । सरकारले माग सम्बोधन गर्दा विकास निर्माणको कामले पनि गति लिने उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्