२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


इलाममा ट्राफिक प्रहरी र सवारी चालकको स्वास्थ्य परीक्षण


91
Shares

इलाम । ट्राफिक सप्ताह अन्तर्गत जिल्लामा शुक्रबार ट्राफिक प्रहरी र सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश एक र एक नम्बर ट्राफिक प्रहरी कार्यालयले सबै जिल्लामा यो साता ट्राफिक सप्ताह मनाइरहेको छ ।

शुक्रबार प्रभात फेरी, अन्तरक्रिया र सवारीको इञ्जिनको परीक्षण लगायतका कार्यक्रम सम्पन्न भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख जनक तिम्सिनाले जानकारी दिनुभयो ।

जिल्लामा सचेतनासहित सडकमा भएका अवरोध हटाइने ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ ।