२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


३० किलो गाँजासहित दुईजना नियन्त्रणमा


91
Shares

हेटौंडा, पुष ९ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अबैध लागूपदार्थ ३० किलो ५ सय ग्राम गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

हेटौंडाबाट वीरगञ्ज जाँदै गरेको भारतीय नम्बरको जिपलाई चेकजाँच गर्दा सिटमुनी लुकाइराखेको अबैध लागु पदार्थ गाँजा भेटिएकोे प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनुषा नगराइन नगरपालिका वडा नम्बर– २ का जिप चालक सुबोध मण्डल र पर्सा पटेरवा सुगौली गाउँपालिका वडा नम्बर– ३ का मुकेश राउत थारु रहेका छन ।

उनीहरुमाथि अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।