
एजेन्सी । भारतीय टीमका स्टार स्पिनर हरभजन सिंहले क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।
शुक्रबार ट्वीट गर्दै सिंहले २३ वर्षे लामो क्रिकेट करिअरमा साथ दिने सबैलाई धन्यवाद दिएका छन् ।
४१ वर्षीय सिंहले भारतको तर्फबाट १ सय ३ टेस्ट क्रिकेट खेल्दा ४ सय १७ विकेट लिएका छन् । यस्तै एक दिवसीय क्रिकेटका २ सय ३६ खेल खेल्दा २ सय ६९ विकेट लिएका छन् ।
टी–२० क्रिकेट भने कम मात्र खेलेका छन् । उनले २८ गेम खेल्दा २५ विकेट लिएका छन् । टेस्टमा दुई शतक उनको नाममा छ ।
केही दिन अघि पूर्व क्रिकेटर तथा पञ्जाब कांग्रेसका अध्यक्ष नवजोद सिंह सिद्धूले ट्वीटरमा सिंहसँगको तस्वीर राख्दै सम्भावनाले भरिएको तस्वीर क्याप्सन लेखेका थिए ।
सिद्धूले तस्वीर राखेपछि धेरैले सिंह राजनीतिमा आउनसक्ने आँकलन गरिएको छ । आगामी वर्ष पञ्जाबमा विधानसभा चुनाव हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्