७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


मसाल (सम्पर्क केन्द्र) र माओवादी केन्द्रबीच एकता


416
Shares

काठमाडौं, पुष ९ । नेकपा मसाल (सम्पर्क केन्द्र) नेकपा माओवादी केन्द्रमा विलय भएको छ ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच मसालबाट विद्रोह गरेर बनेको लोकेन्द्र लम्साल संयोजकत्वको मसाल (सम्पर्क केन्द्र) र माओवादी केन्द्रबीच एकता भएको हो ।

मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डामा विवाद भएपछि मसालमा विद्रोह गरेर मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो ।

सोही समूह माओवादी केन्द्रमा विलय भएको हो । विद्रोही समूहले ३९ जिल्लामा आफूहरुको संगठन रहेको बताएको छ ।

माओवादी शान्ति प्रक्रियामा आएपछि मोहनविक्रम सिंहसँग विद्रोह गर्दै डिलाराम आचार्य, नवराज सुवेदी लगायत माओवादीसँग एकतामा आएका थिए । लम्साल त्यो एकतामा सहभागी नभइ मसालभित्रै अन्तरसंघर्षमा रहेका थिए ।