
काठमाडौं, माघ १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता एवं सचिवालय सदस्य बामदेव गौतम औपचारिक रुपमै पार्टीको उपाध्यक्ष बनेका छन् ।
आइतबारको केन्द्रीय कमिटी बैठकले विधान संशोधन र संगठनात्मक प्रस्ताव पारित गर्दै गौतमलाई उपाध्यक्ष बन्ने बाटो खोलेको हो ।
गत असोजमै गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय सचिवालयले गरे पनि केन्द्रीय कमिटीले विधान संशोधन गरेपछि वैधानिक प्रक्रिया पनि पूरा भएको हो ।
केही सदस्यले उपाध्यक्ष पद केन्द्रमा मात्र नभई तल्ला तहमा पनि राख्न माग गरे पनि हाललाई केन्द्रीय कमिटीमा मात्र उपाध्यक्ष पद राख्ने निर्णय पारित गरिएको हो ।
यसैगरी बैठकले नेकपाका नेताहरुको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ । अनुशासन आयोगका संयोजकसमेत रहेका अमृत बोहोरा नेतृत्वको समितिलाई यसको जिम्मा दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्