७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


एमसीसी स्वार्थगत भए कदापि स्वीकार गरिदैन : अध्यक्ष नेपाल


143
Shares

काठमाडौं, पुष ९ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वास्तविकता र जनताको चाहना बुझेर मात्रै एमसीसी पास गर्नु पर्ने बताउनुभएको छ ।

सल्यानमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष नेपालले अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग निःस्वार्थ भए मात्र स्वीकार गर्ने बताउनुभयो ।

उहाँले एमसीसी स्वार्थगत भए कदापि स्वीकार नगर्ने दाबी गर्नुभयो । एमसीसी पारित गर्ने अधिकार जनतालाई दिनुपर्ने उहाँको धारणा छ । एमसीसीका विषयमा अल्झाइरहनु नहुने भन्दै यसबारे अध्ययन आवश्यक रहेको उहाँले बताउनुभयो ।