
काठमाडौं । ठमेल अर्थात पर्यटकको राजधानी । क्रिसमस ईभमा रंगीचंगी हुने ठमेल यसपटक सेलाएको छ ।
न पर्यटक, न व्यापारको चहलपहल यतिबेला यहाँका व्यवसायीहरू न भोक, न निद्राको अवस्थामा दिन कटाइरहेका छन् । यद्यपि एकदिन न एक दिन समय सुध्रिने उनीहरूको विश्वास सेलाएको छैन ।
लकडाउन सकिएपछि राहत महसुस गरेका ठमेल व्यवसायी कोरोनाको अर्को भेरियन्ट प्रवेशपछि आशामा तुषारापात भएको छ । यो पर्यटक भित्रिने मुख्य समय हो । तर, क्रिसमस जस्तो ठूलो पर्वमा पनि ठमेल मौन छ ।
पर्यटकको संख्या औंलामा गन्न सकिने अवस्था छ । यतिबेला क्रिसमसको रमाइलो माहोल हुनुपर्ने यहाँका होटल तथा पसल सुनसान छन् । पर्यटक आउने अनुकूल समयमा पनि व्यवसाय नफस्टाउँदा व्यवसायीहरू दिक्क छन् ।
कोरोनाकै कारण कर्मचारी कटौती गनुपरेको उनीहरू बताउँछन् । होटलहरू फाटफुट सञ्चालनमा आउन थालेको भए पनि पसल चल्न नसकेको अर्काथरी व्यवसायीको गुनासो छ । दशैंपछि भने सामान्य बढेका उनीहरू बताउँछन् ।
नेपाल सुरक्षित छ भन्ने सन्देश विश्वभर लान सकिए मात्र पर्यटकको संख्या बढ्ने ठमेल पर्यटन विकास परिषद्को विश्वास छ यो अवस्थालाई कायमै राख्न तत्काल सबै नागरिकलाई कोरोनाविरुद्धको खोप र बुस्टर डोज दिनुपर्ने परिषद्का उपाध्यक्ष राजुमान डंगोल बताउनुहुन्छ ।
नेपालको आम्दानीको मुख्य स्रोत पर्यटन व्यवसायमा आएको कालो बादल हटाउन सवै पक्षको सहकार्य आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्