
हेटौंडा, पुष ९ । बागमती प्रदेशका तीन मन्त्री र तीन राज्यमन्त्रीले सपथ लिएका छन् ।
मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेललाई सपथग्रहण गराउनुभएको हो ।
त्यस्तै, भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छेलाई मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सपथ गराएका हुन् ।
योसंगै बागमती प्रदेशमा मूख्यमन्त्री, १३ मन्त्री र ४ राज्यमन्त्री भएका छन् ।
प्रतिक्रिया दिनुहोस्