२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


कांग्रेसका निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण


52
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवम् सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमका बीच पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहितका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई केन्द्रिय निर्वाचित समितिका संयोजक गोपालकृष्ण घिमिरेले निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नुभएको हो ।

गत मंसिर २४ देखि २८ गतेसम्म काठमाडौंमा सम्पन्न सो महाधिवेशनले सभापतिमा देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारीसहित १३४ जना केन्द्रीय सदस्यहरू निर्वाचित गरेको थियो ।