१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सप्तरी र सिरहाबाट ७० किलो गाँजा बरामद


182
Shares

काठमाडौं । सशस्त्र प्रहरीले सप्तरी र सिरहाका विभिन्न स्थानबाट ७० किलोग्राम गाँजा बरामद गरेको छ ।

सिराहाको औरही गाउँपालिका–१ स्थित सीमा क्षेत्रबाट ३० किलो र सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–११ बाट ४० किलो गाँजा बरामद गरिएको हो ।

३० किलो गाँजा भारत लैजाँदै गर्दा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिले बरामद गरेको हो ।

सप्तरीमा भने परालको कुन्यूमा लुकाएर राखेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरसाईनले बरामद गरेको गरेको हो ।