
कैलाली । प्रदेश एक धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश १ फाइनलमा प्रवेश गरेको हो । यसअघि मेयर कपको सेमिफाइनलमा व्यहोरेको हारको बदला लिँदै प्रदेश १ फाइनलमा पुगेको छ ।
सुदूरपश्चिम प्रदेशले दिएको ८६ रनको लक्ष्य प्रदेश एकले एक विकेट क्षतिमा भेट्टायो । प्रदेश एकले १६ दशमलब ५ ओभरमा विजय लक्ष्य पूरा गरेको हो ।
पहिलो विकेटका लागि ओपनरद्वय कप्तान रुविना क्षेत्री र काजल श्रेष्ठले ५३ रनको साझेदारी गर्दै सानदार जितको आधार खडा गरिन् । अन्तिम समयसम्म क्रिजमा टिकेकी कप्तान रुविनाले अविजित ३१ रन बनाइन् ।
कविता जोशीको बलमा बोल्ड भएकी काजलले टीमका लागि २८ रन बनाइन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सामान्य योगफल मात्रै बनायो । ७ रनमा ३ विकेट गुमाएर धर्मराएको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट क्षतिमा ८५ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २७ रन बनाइन् । कप्तान रितु कनौजियाले २५ रन बनाइन् । त्यस्तै डल्ली भट्टले १२ रन बनाइन् ।
प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री, अलिशा खाडिया, संगीता राई र ज्योती दनवारले समान एक विकेट लिए । खेलमा प्रदेश १ की कप्तान रुविना प्लेयर अफ द म्याच भइन् ।
प्रतिक्रिया दिनुहोस्