
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको भतेरीमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।
दिउँसो पौने तीन बजे भरतपुर–२९ मा वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ९६७९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ६ ख ५८६६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा ११ जना घाइते भएका हुन् ।
घाइतेमध्ये बसमा सवार १० जनाको पुरानो मेडिकल कलेजमा र ट्रक चालकको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) नरहरी अधिकारीले जानकारी दिनुभयो ।
क्रेनको प्रयोग गरी दुवै सवारी साधनलाई हटाएपछि अवरुद्ध सडक समेत सूचालु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्