८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


एमसीसी राष्ट्रको हितमा छैन, अघि बढाउन सकिँदैन : पूर्वराजदूत पौडेल


2.405k
Shares

काठमाडौं । पूर्वराजदुत लिलामणि पौडेलले एमसीसी राष्ट्र हितमा नरहेकाले अघि बढाउन नसकिने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले अन्य मुलुकको सर्त लागू हुनेगरी राखिएको शर्तहरू, सुरक्षासँग सम्बन्धित खतरानाक शर्तहरू एमसीसीमा रहेकाले त्यसलाई स्वीकार गर्दा मुलुक अन्य मुलुकको बन्दी बन्नुपर्ने अवस्था आउने खतरा औल्याउनुभयो ।

नेपाल सरकारका पूर्वमुख्यसचिव समेत रहनुभएका पौडेलले मुद्दा मामला झेल्नुपर्ने डरले सो सम्झौता संसदबाटै पारित गराउन चाहेको दाबी गर्नुभयो । नेपालको हित प्रतिकूल हुने खालका सम्झौंताहरू हटाइए एमसीसी मानेर अघि बढ्न सकिने उहाँको भनाइ छ ।